सभापति देउवाले जितिसक्नुभयो, मत कति आउँछ भन्ने मात्रै बाँकी छ : कार्की
नेपाल प्रेस
२०७९ पुष ६ गते ८:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन परिणाम सभापति शेरबहादुर देउवाको पक्षमा आउने दाबी गरेका छन् ।
मतदान स्थल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले परिणाम देउवाको पक्षमा आउने बताएका हुन् ।
उनले भने, ‘परिणाम सार्वजनिक हुन मात्र बाँकी छ । सभापतिको पक्षमा कति मत आउँछ भन्ने मात्र हो । उहाँले जितिसक्नभयो ।’
प्रतिक्रिया