‘लिटरेचर फेस्टिभल’मा सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने – Nepal Press

‘लिटरेचर फेस्टिभल’मा सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने

काठमाडौं । भाेलिदेखि पोखराको फेवाताल किनारमा सुरु हुने १०औं ‘नेपाल लिटरेचर फेस्टिभल’को सांगितिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिभलका सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गर्ने कम्पनी द्वाराजारी सुचनामा उल्लेख छ ।

सांगितिक कार्यक्रम अन्तरगत लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाही सँग सँगै अन्य सांगितिक टोलीहरुको पनि सहभागिता रहने छ ।

फेस्टिभलको दोस्रो दिन अर्थात पुष ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने र योञ्जनका गीतहरुको सँगालो ‘गोपालय’ पनि विमोचन गरिने आयोजकले बताएका छन ।

पुस ११ गतेसम्म चल्ने ‘लिटरेचर फेस्टिभलमा’ ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम्फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरु पनि सहभागी हुनेछन् ।

नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरु समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारी र आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीका अनुसार ‘शब्दशक्ति उत्सवको एक दशक’ भन्ने मुल नाराका साथ सो कार्यक्रम आयोजना हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *