‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाइफ’ कार्यक्रम शुरु – Nepal Press

‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाइफ’ कार्यक्रम शुरु

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा –महालक्ष्मी लाइफ’ कार्यक्रमको शुरुवात गरेको छ ।

गत सोमबार चितवनमा आयोजित एक समारोहमा कम्पनीका अध्यक्ष मनोरञज्न रमण शर्माले ‘महिला सशक्तिकरणमा –महालक्ष्मी लाइफ’ कार्यक्रमको उदघाटन गरेका हुन् ।

समाजमा पिछडिएका र आर्थिक रुपमा कमजोर रहेका महिलालाई अगाडी बढाउन यस्ता कार्यक्रम फलदायी हुने शर्माको भनाई छ ।

पछिल्लो आर्थिक वर्ष ०७७÷०७८ मा ‘युवासंग महालक्ष्मी लाइफ’ कार्यक्रमको संचालनपछि कम्पनीले आर्थिक वर्ष ०८९÷०८० मा ‘महिला सशक्तिकरणमा –महालक्ष्मी लाइफ’ नामक कार्यक्रम सुरु गरेको हो ।

उक्त कार्यक्रम देशका ३० जिल्लामा सञ्चालन गरिने र कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने कम्पनीकले जनाएको छ । कार्यक्रम मार्फत महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिइने , बीमा कार्यमा संलग्न गराउने र अभिप्रेरित गर्ने जस्ता योजना रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *