घोडेपानीमा पर्यटक आगमन लयमा फर्कियो (भिडिओ) – Nepal Press

घोडेपानीमा पर्यटक आगमन लयमा फर्कियो (भिडिओ)

म्याग्दी । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर-६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानी र तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो ।

घोडेपानीमा पर्यटकको बसोबासका लागि २३ वटा सुविधायुक्त होटलहरु छन् । ती होटलमा दैनिक ७०० जना पर्यटक वास बस्न सक्दछन् । पोखरा, काठमाडौ, चितवन, बुटवल, बागलुङ, पर्वत र मधेशका जिल्लाबाट विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीहरु समूह बनाएर आउने क्रम बढेको छ ।

भिडिओ:

हिमशृङखला, सुर्योदय, पहाडी भूगोल, मगर संस्कृति, गुराँसको जंगल, वन्यजन्तु र पंक्षीको अवलोकनका लागि घोडेपानी र पुनहिलमा पर्यटक आउने गर्छन् । घोडेपानी देखि करिब एक घण्टाको उकालो पैदलयात्रा गरेपछि पुनहिलमा पुगिन्छ ।

पुनहिलबाट सुर्योदय, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, मनास्लु रेञ्जका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । गुराँसको जंगलको विचमा रहेको पहाडको टाकुरामा रहेको पुनहिलबाट वरपरका वस्ति र पहाडी भूगोलको दृष्य देखिन्छ ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिकी अध्यक्ष मिना पुनले भनिन्, ‘कोरोना (भाइरस)को महामारीका कारण वि.स. २०७६ को असोज–कात्तिकको यामदेखि सुनसान बनेको घोडेपानीमा पछिल्लो यामदेखि पर्यटक आगमन बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक घोडेपानी पुग्ने गरेका छन् ।’ –रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *