मनोनयन दर्तापछि देउवालाई गगनको आह्वान : शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुस् – Nepal Press

मनोनयन दर्तापछि देउवालाई गगनको आह्वान : शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुस्

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेताको चुनावमा मनोनयन दर्ता गरेका गगन थापाले आफ्ना प्रतिस्पर्धीका रुपमा रहेका शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् । आफ्नो मनोनयनपश्चात सञ्चारकर्मीलाई सम्बोधन गर्दै थापाले कांग्रेसको भविष्यलाई हेरेर आफूलाई सघाउन अन्य वरिष्ठ नेता र सांसदहरुलाई पनि अपील गरे ।

देउवाले आफ्ना प्रस्तावकका रुपमा रहेका शेखर कोइराला तथा समर्थक विश्वप्रकाश शर्मालाई दायाँबायाँ राखेर पत्रकारलाई सम्बोधन गरेका थिए । उनले कांग्रेस संसदीय दलको चुनावले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको भन्दै सन्तोष व्यक्त गरे । उनले आफूलाई समर्थन गरेकोमा शेखर कोइरालाई आभार प्रकट गरे ।

थापाले भने, ‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।’

थापाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरुलार्ई पनि भविष्यप्रति चिन्ता गरेर आफूलाई सघाउन आग्रह गरे ।
थापा र कोइरालालाई उनीहरुबीच भएको राजनीतिक लेनदेनका विषयमा सोधिएको थिए । दुवैले यसमा खुल्न चाहेनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर