बलिउड अभिनेता विवेक ओवरोयले गरे अन्नपूर्ण केबलकारको भ्रमण – Nepal Press

बलिउड अभिनेता विवेक ओवरोयले गरे अन्नपूर्ण केबलकारको भ्रमण

काठमाडौं । बलिउड अभिनेता विवेक ओवरोयले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् ।

करिब एक वर्ष अघि पोखराको सेदिदेखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षकको केन्द्र बनेको छ ।

गत बुधवार नेपाल भ्रमणमा आएका अभिनेता ओवरोयले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् । पोखरामा ओवरोयलाई अन्नपूर्ण केबुलकारका बजार प्रबन्धक अरुण कोइरालाले स्वागत गरेका थिए ।

केबलकारबाट सेदिदेखि साराङ्कोटसम्म यात्रा गर्दै यात्राको क्रममा देखिने पोखराका ताल तलैया र अन्य मनोरम दृश्यबाट अत्यन्त आनन्दको अनुभव भएको ओवरोयले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *