शेखर-गगन समूहको बैठक सुरु, को-को छन् सहभागी ? – Nepal Press

शेखर-गगन समूहको बैठक सुरु, को-को छन् सहभागी ?

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा को उम्मेदवार भन्ने विषयमा छलफल गर्न शेखर—गगन समूहको बैठक सुरु भएकाे छ ।

होटल एम्बासडरमा केहीबेर अघि बैठक सुरु भएकाे हाे ।

बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।

आजै ११ बजे आफ्नो समूहका अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

आजै दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर