विप्लव नेतृत्वको नेकपाले कैलालीमा निकाल्यो राँके जुलुस, अध्यादेश प्रमाणीकरण गर्न माग (भिडिओ) – Nepal Press

विप्लव नेतृत्वको नेकपाले कैलालीमा निकाल्यो राँके जुलुस, अध्यादेश प्रमाणीकरण गर्न माग (भिडिओ)

कैलाली । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडीमा राँके जुलुस निकालेको छ । केन्द्रीय कार्यक्रमअनुसार सोमबार घोडाघोडी नगर कमिटीले राँके जुलुस निकालेको हो ।

राँके जुलुसका सहभागीहरुले अध्यादेश प्रमाणीकरण हुनुपर्ने, बन्दीहरू रिहा गरिनुपर्ने, सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् ।

उनीहरुले राजबन्दी रिहा गर, अध्यादेश प्रमाणीकरण गर, तीन बुँदे सहमति कार्यान्वयन गर, झूटा मुद्दा खारेज गरलगायतका नाराहरूसमेत लगाएका थिए ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे मंगलबार बिहान १० बजेपछि १ घण्टा चक्काजाम गरिने केन्द्रीय प्रतिनिधि समितिका सदस्य किरण सिंले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर