सलोन बस्नेत मुख्य भूमिकामा रहेकाे चलचित्र ‘जय हो’ मा निर्देशक फाइनल, माघ अन्तिम सातादेखि छायांकन सुरु – Nepal Press

सलोन बस्नेत मुख्य भूमिकामा रहेकाे चलचित्र ‘जय हो’ मा निर्देशक फाइनल, माघ अन्तिम सातादेखि छायांकन सुरु

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘जय हो’ मा निर्देशक फाइनल भएका छन् । आज निर्माण कम्पनी ‘सलोन सलिना फिल्म्स’ र निर्देशक टेक पौरखी राई बीच लिखित सम्झौता भएको हो।

सलोन बस्नेत स्टारर सिनेमालाई अब टेकले निर्देशन गर्नेछन् । निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्र र तस्विरहरु विश्वव्यापी रुपमा बिक्री हुने गरेका छन् ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने सिनेमालाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । एक्सन लभस्टोरी सिनेमामा सागर आले मगरले संगीत भर्नेछन् । सागर ‘नेपाल आइडल सिजन–१’का थर्ड रनरअप हुन् ।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । मुख्य अभिनेत्री र अन्य कलाकारहरु भने अहिले फाईनल भईसकेका छैनन्।

सिनेमामा रामजी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन भने यस चलचित्रमा राज के अधिकारी र सुरज सरकारले लगानी गर्ने भएका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *