जनमत संसदीय दलको नेतामा सीके राउत, उपनेता र सचेतक पनि छानिए
नेपाल प्रेस
२०७९ पुष ४ गते १५:०३
जनकपुरधाम । पहिलो पटक संसदीय चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउतलाई सर्वसम्मत चयन गरेको छ ।
डा. राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । सो पार्टीले संसदीय दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह र सचेतकमा विनिता सिंह दनुवारलाई चयन चयन गरेको छ ।
यस्तै सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मु चयन भएको जनमत पार्टीले जनाएको छ ।
जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय समेत गरिसकेको छ ।
प्रतिक्रिया