प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण बिहीबार, ज्येष्ठ सदस्य टुंगिन बाँकी – Nepal Press

प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण बिहीबार, ज्येष्ठ सदस्य टुंगिन बाँकी

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण पुस ७ गते बिहीबार हुने भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभाको बैठक कक्षमा दिउँसो १ बजे ज्येष्ठले सदस्यले सपथग्रहण गराउनेछन् ।

ज्येष्ठ सदस्य भने सचिवालयले टुंगो लगाएको छैन । महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद हुन ।

मातृभाषामा सपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर