सरकार गठबन्धनकै, यताउति सोच्यौं भने घर न घाटको हुन्छौं: माधव नेपाल – Nepal Press

सरकार गठबन्धनकै, यताउति सोच्यौं भने घर न घाटको हुन्छौं: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार बनाउने विषयमा दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका छन् ।

नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि चर्चा उठेकाले दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका हुन् ।

उनले कसैको पनि बहुमत नआएको स्थितिमा गठबन्धनकै सरकार बन्ने बताए ।‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि व्यापक चर्चाको विषय बनेको छ।’ उनले भने,‘कसैले गैर बामपन्थी सरकारको कुरा उठाउने गरेको छ । त्यो पनि ख्याली पुलाव मात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाउ भनेर सोचिरहेको छ त्यो पनि अल्मल्याउने कुरा मात्रै हो । त्यसो हुनाले यो कुरालाई सजिलै पत्याउन सक्दैनौ । भएको विश्वास गुमाउने, हुँदै नभएको विश्वास गरेर हामी घर न घाटको हुने त्यस्तो गल्ती हामी गर्न सक्दैनौं । त्यसो हुनाले हामी गठबन्धनलाई कायम राख्नेछौं । ’

गठबन्धन कायम गर्न गठबन्धन दलका नेताहरुले संगसँगै जाने व्यक्तव्य पनि जारी उनले दावी गरे । सरकार गठनको विषयमा गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार रहेको बताए ।

‘गठबन्धनको सरकार बन्ने आशा गरेका छौं ।  गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएकाे छैन भने जस्तो परिस्थिति आउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं । बजारमा अनेक कुराहरु सुन्ने गरेको छौं त्यसमा सजक हुनुपर्छ ।’ उनले थपे ।

प्रतिक्रिया

One thought on “सरकार गठबन्धनकै, यताउति सोच्यौं भने घर न घाटको हुन्छौं: माधव नेपाल

  1. अब जे गरे पनि तिमीहरू हुने घरको न घाटको हौ । काशी गए हुन्छ नुहाउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर