८०औं जन्मोत्सवमा ध्रुवचन्द्र गौतमले पाए आविष्कारी आख्यानकारको उपाधि – Nepal Press

८०औं जन्मोत्सवमा ध्रुवचन्द्र गौतमले पाए आविष्कारी आख्यानकारको उपाधि

काठमाडौं । आख्यानकार डा. ध्रुवचन्द्र गौतमले ८०औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधि पाएका छन् ।

काठमाडौंको कमलादीमा आयोजित समारोहमा लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिर तथा बसन्त चौधरी फाउण्डेसनले गौतमलाई आविष्कारी आख्यानकारको उपाधिले सम्मान गरेका हुन् ।

समारोहमा गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरे । समारोहमा केक काटेर गौतमको ८०औं जन्मोत्सव पनि मनाइएको थियो ।

समारोहमा चौधरीले भने, ‘महान कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएर भन्दा डा. गौतम एक युगमा एकदिन एकचोटि जन्मिने’ प्रतिभा हुनहुन्छ ।’

गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्ज्वलित तुल्याएको चौधरीको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *