‘हात्तीछाप’मा सौगात फाइनल, दयासँग फेरि एकसाथ देखिँदै – Nepal Press

‘हात्तीछाप’मा सौगात फाइनल, दयासँग फेरि एकसाथ देखिँदै

काठमाडौं । किरण नेपालीको निर्माणमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’ चर्चामा छ । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् ।

यो फिल्मको नाम र कलाकारका कारण सुरुवातदेखि नै चर्चामा भइरहेको छ । फिल्ममा नायक दयाहाङ राइलाई निर्माणपक्षले २ दिन अगाडि मात्र फाइनल गरेको थियो । अब, यो फिल्ममा अर्का नायक सौगात मल्ल पनि फाइनल भएका छन् । सौगातसँग फिल्मका निर्माता किरण नेपालीले आज संझौता गरे ।

योसँगै किरणले नै बनाएको फिल्म ‘२ नम्बरी’पछि सौगात र दयाहाङले फेरि एउटै ब्यानरमा काम गर्ने पक्का भएको छ । सौगात र दयाले काम गरेको ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो । फिल्मको कथालाई प्रदीप भारद्धाजले लेखेका हुन् । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मलाई चैत्रबाट सुरु गर्ने योजना निर्माताको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *