एनआरएनए चिबाले ल्यायो सुविधासम्पन्न होम पेज – Nepal Press

एनआरएनए चिबाले ल्यायो सुविधासम्पन्न होम पेज

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) चिबा क्षेत्रीय कमिटीले नेपालीहरूलाई आवश्यक हरेक जानकारीसहितको होमपेजसँगै कार्यालय उद्घाटन गरेको छ ।

आवश्यक परेका बेला अनलाइनबाटै सहयोग लिन सकिने गरी तयार पारिएको उक्त होमपेज अनावरण गैरआवासीय नेपाली संघ आईसीसीका उपाध्यक्ष महेश श्रेष्ठ र एनसीसी जापानका अध्यक्ष शिव पौडेलले संयुक्त रूपमा गरेका हुन् ।

होमपेजमा हेल्प डेस्कसहितका विभिन्न फिचर्सहरू छन् ।

‘अनलाइन च्याटमार्फत विभिन्न सेवा र सुविधासहित आफूलाई चाहिएको जानकारी तुरुन्तै लिन सकिने फिचरलाइ प्रभावकारी ढंगले प्रयोग गरेका छौं’, वेब डेप्लपर एवं एनआरएनए चिबाका सह-सचिव रमेश गिरीले भने, ‘च्याटमार्फत नै दूतावासदेखि अरु प्रशासनिक सूचनाहरु लिन सकिन्छ ।’

उक्त वेबसाइटबाट जापानिज भाषाका विद्यालय तथा कामहरूको खोजी गर्न देखि आफू नजिक रहेका हस्पिटल, होटल तथा रेस्टुरेण्टबारे जानकारी लिन सकिने गिरीले बताए ।

यो वेबसाइट सबैका लागि लाभदायक हुने गरी व्यवसायिक रुपमा संचालन गर्ने योजना रहेको एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए ।

‘जापानमा हुने हरेक इभेन्ट या अन्य जुनसुकै कार्यक्रम बारेको सूचना राख्ने देखि व्यवसायीहरूका लागि विज्ञापन गर्ने एउटा प्लाटफर्मका रूपमा हामीले यो साइटलाइ डेब्लप गर्नेछौ’, रेग्मीले भने, ‘यसै मार्फत कार्यालयको मासिक भाडा देखि एक जना कर्मचारीको स्यालरी म्यानेज गर्न सकिन्छ भन्ने बिश्वास लिएका छौ ।’

एनआरएनए चिबाले शनिबारदेखि नै कार्यालय पनि सञ्चालनमा ल्याएको छ । ग्योतोकु स्टेसननजिकै रहेको उक्त कार्यालयमा एकजना स्टाफ राखेर एनआरएनए चिबालाई चिबाबासी नेपालीहरू सारथीका रुपमा विकास गरिने रेग्मीले उल्लेख गरेका छन् ।

वेबसाइट निर्माणमा गिरीले अर्का आईटी इन्जिनियर कन्चनराज पाण्डेसँग सहकार्य गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *