आजको तरकारी तथा फलफूलको मूल्य : स्थानीय काउली २५ रुपैयाँ, गोलभेँडा ४५ – Nepal Press

आजको तरकारी तथा फलफूलको मूल्य : स्थानीय काउली २५ रुपैयाँ, गोलभेँडा ४५

काठमाडौं । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ ।

समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अङ्गुर २१० रुपैयाँ रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ४१ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ, चम्सुरको साग ८५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ र हरियो धनियाँ ५५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *