जनतासँग गरेका वाचा पुरा गर्न गम्भीर भएर लाग्छु : नेता सिंह (भिडिओ) – Nepal Press

जनतासँग गरेका वाचा पुरा गर्न गम्भीर भएर लाग्छु : नेता सिंह (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताहरु पुरा गर्न गम्भीर भएर लाग्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित ४०० औँ हप्ता बुद्धनगर सरसफाइ अभियान तथा सम्मान कार्यक्रममा नेता सिंहले जनताहरूले आफूलाई विश्वास गरेर प्रतिनिधिसभामा पुनः निर्वाचित गरेको भन्दै जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्ने आत्मविश्वास आफूमा रहेको बताएका हुन् ।

नेता सिंहले आफू जनतासँगै बसेर समस्याहरू समाधान गर्न पछि नहट्ने धारणा पनि राखे । सरकारी तवरबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुनुपर्ने जनताको आवाजलाई आफूले महसुस गरेको र संसदबाट पनि जनताको आवाजलाई सरकारसमक्ष पुराउने उनले बताए ।

उनले काठमाडौंमा रहेको खानेपानी समस्या समाधानका लागि आफूले प्रधानमन्त्रीसँगै बसेर छलफल गरेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर