मलेसियामा बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु – Nepal Press

मलेसियामा बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु

क्वालालम्पुर । मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् ।

बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए ।

सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए । फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ । मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ । उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *