विश्वकै ठूलो बर्लिनको ‘फ्रिस्ट्यान्डिङ एक्वारिएम’ विस्फोट – Nepal Press

विश्वकै ठूलो बर्लिनको ‘फ्रिस्ट्यान्डिङ एक्वारिएम’ विस्फोट

काठमाडौं । बर्लिनमा अवस्थित विश्वकै सबै ठूलो एक्वारिएम विस्फोट भएको छ । १० लाख लिटर क्षमताको उक्त एक्वारिएममा १५०० भन्दा बढी उन्नत प्रजातिका माछा राखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

विस्फोटनबाट बर्लिनकै व्यस्त जिल्लाहरूमध्ये एक मित्तेका प्रमुख सडकलाई अस्तव्यस्त बनाएको पनि रिपोर्टमा उल्लेख छ । र्‍याडिसन होटल तथा संग्रहालयको साथमै रहेको उक्त क्षेत्रमा हाल उद्धार जारी छ ।

विस्फोटका कारण दुईजना घाइते भएका छन् भने भौतिक संरचनामा क्षति हुनसक्ने भन्दै प्रहरीले कम्प्लेक्समा रहेको होटल खाली गराएको छ । विस्फोटको कारणबारे भने हालसम्म जानकारी प्राप्त भएको छैन ।

‘डोम एक्वाएरी’ कम्प्लेक्सको वेबसाइटका अनुसार एक्वैरियम अन्तिम पटक २०२० मा मर्मत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *