बैंकको सिइओ तथा संस्थापक बन्न प्रहरी प्रतिवेदन चाहिने – Nepal Press

बैंकको सिइओ तथा संस्थापक बन्न प्रहरी प्रतिवेदन चाहिने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बन्नका लागि प्रहरी प्रतिवेदन चाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै योग्यताको थप व्यवस्था गरेको हो ।

सिइओ तथा संस्थापकका लागि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको हुनुपर्नेछ । यदि आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको हुनुपर्नेछ ।

यस्तै पूर्वाधार विकास बैंकको हकमा पनि यही योग्यता लागु हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *