‘हात्तीछाप’मा दयाहाङ राई अनुबन्धित – Nepal Press

‘हात्तीछाप’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं । किरण नेपालीले निर्माण गर्न लागेको सामाजिक कथावस्तुको चलचित्र ‘हात्तीछाप’मा नायक दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहिबार कागजी सम्झौता गरेको छ ।

यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोइ पर्‍यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।

दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायाङ्कन चैत्रबाट सुरु गर्ने योजनामा निर्माण पक्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *