राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन
नेपाल प्रेस
२०७९ मंसिर २९ गते ११:५९
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् ।
शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।
यो चुनावबाट प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० जना निर्वाचित भएका छन् ।
पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने आयोगको तयारी छ ।
प्रतिक्रिया