कांग्रेस नेता केसीले भेटे प्रधानमन्त्री, अर्थतन्त्र सुधार गर्न सुझाव – Nepal Press

कांग्रेस नेता केसीले भेटे प्रधानमन्त्री, अर्थतन्त्र सुधार गर्न सुझाव

हेटौँडा । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् । भेटमा केसीले देशको अर्थतन्त्र धराशायी बन्दै गएकोमा अब बन्ने गठबन्धनको नयाँ सरकारले त्यसबारे गम्भीर भएर कदम चाल्नुपर्ने बताए ।

अर्थतन्त्र सुधार नभएसम्म देशले विकासको गतिविधिमा फड्को मार्न नसक्ने भन्दै उनले नयाँ सरकाले अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्ने र काम सुरु गरिहाल्नुपर्ने बताए ।

भेटको क्रममा केसीले नुवाकोटको विकास र गौरवको योजनाबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

उनले किसानले रासायनिक मल नपाएर दुख पाएको भन्दै किसानको विषयमा पनि सरकार थप गम्भीर भएर लाग्न अनुरोध गरेका थिए ।

केसीले गठबन्धनको सरकार बन्ने प्रक्रियाको बारेमा समेत कांग्रेस सभापति समेत रहेका देउवा समक्ष चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर