दीपिकाको पहिरनलाई लिएर मध्यप्रदेशका गृहमन्त्री मिश्राको आपत्ति, दृश्य नसच्याए चलचित्र रिलिज नहुने ? – Nepal Press

दीपिकाको पहिरनलाई लिएर मध्यप्रदेशका गृहमन्त्री मिश्राको आपत्ति, दृश्य नसच्याए चलचित्र रिलिज नहुने ?

काठमाडौं । वर्ष २०२३ को बहुप्रतिक्षित मानिएको भारतीय चलचित्र ‘पठान’ को ‘बेशरम रंग’ बोलको गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको पहिरनलाई लिएर मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले आपत्ति जनाएका छन्। उनले उक्त गीतमा पादुकोणले लगाएको पहिरन अशोभनीय भएको बताएका हुन् ।

उनले एक अन्तर्वार्तामा पादुकोणको पहिरनप्रति आपत्ति जनाउँदै ‘पठान’का निर्मातालाई गीतको दृश्य परिवर्तन गर्न आग्रह गरेका छन् । दृश्य नसच्याएको खण्डमा चलचित्र मध्य प्रदेशमा रिलिज गर्नका लागि फिल्म निर्मातालाई अनुमति दिने विषयमा पनि पुनर्विचार गर्नुपर्ने मिश्रको भनाई छ ।

उनले आफ्नो उक्त अन्तर्वार्ता ट्विटरमा शेयर गर्दै लेखेका छन्,‘अभिनेत्री दीपिका पादुकोणको पहिरन निकै आपत्तिजनक छ र गीत भ्रष्ट मानसिकताका साथ खिचिएको छ । गीतका दृश्य र वेशभूषा सच्याउनुपर्छ र म सच्याउनको लागि अनुरोध पनि गर्दछु। दृश्य नसच्याएमा यो फिल्मलाई मध्य प्रदेशमा चल्न अनुमति दिने या नदिने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने हुन्छ।’

रिलिजको तयारीमा रहेको अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ‘पठान’को पहिलो गीत ‘बेशरम रंग’ १२ डिसेम्बरमा सार्वजनिक भएको थियो।

रिलिज भए लगत्तै ट्रेन्डिङमा परेको यो गीत केही समयमा नै विवादमा परेको छ । दीपिकाले लगाएको पहिरनलाई लिएर अधिकतम दर्शकले आपत्ति जनाइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *