प्रभु क्यापिटलको फ्री डिम्याट ‘न्यानो स्पेशल अफर’ सञ्चालन – Nepal Press

प्रभु क्यापिटलको फ्री डिम्याट ‘न्यानो स्पेशल अफर’ सञ्चालन

काठमाडौं । प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि“

को सफर” with Prabhu Capitalको “न्यानो Special Offer” भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएका छ ।

यो योजना यही १ पौष २०७९ बाट ३० चैत्र, २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि ‘Free’ डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन् ।

यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा Lottery बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क म्झबत पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क Gosainkunda Heli Ride जित्नेछन् ।

पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न पे्ररित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *