‘युट्युबर लिएर वन क्षेत्र प्रवेश गरी रवि लामिछानेले संघसंस्था तर्साउने काम गरे’ – Nepal Press

‘युट्युबर लिएर वन क्षेत्र प्रवेश गरी रवि लामिछानेले संघसंस्था तर्साउने काम गरे’

हेटौँडा । चितवनको क्षेत्र नंबर २ बाट नवनिर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पदीय मर्यादा विपरीत काम गरेको भन्दै चितवनको भरतपुर–२, आपँटारीस्थि जलदेवी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार विज्ञप्ति जारी गरेको छ ।

सांसद लामिछानेले केही युट्युबर र सामजिक सञ्जाल प्रयोगकर्ता लिएर समुदायलाई हस्तान्तरण भएको सामुदायिक बन क्षेत्रमा पुगेर जलदेवी पार्कभित्र हावाहुरीले ढलेका रुख, हाँगा भाँचिएको साथै विद्युत् हाइटेन्सन मुनिबाट फँडानी गरेको काठ सोही ठाउँमा छाड्दा चोरी भई हराउने सम्भावना भएकोले उक्त काठलाई संरक्षण गरी पार्कको विकास र बिस्तार गर्ने प्रस्तावनाअनुसार पुराना कला सँस्कृतिको संरक्षण गर्ने उद्देश्यले राखिएको काठको विषयमा अनावश्यक टिकाटिप्पणी गर्ने काम गरेको आरोप समितिले लगाएको छ । समितिले वर्षौबाट समुदायले संरक्षण गरेको बनमा पुगेर समुदायको मानिसहरुलाई आतंकित नपार्न पनि अनुरोध गरेका छन् ।

विज्ञप्तिमा उक्त काठ ढिकी, रोटेपिङ, जाँतेपिङ, हलो, जुवा, कोल, काठेपुल, वन्यजन्तु संरक्षण गर्ने खोरजस्ता निर्माणका लागि चिरान गरी राखेको तर चाडवाड र लगत्तै मंसिर ४ गतेको निर्वाचनका कारण काम गर्न केही ढिलाइ भएकोले डिभिजन वन कार्यालयलाई पठाउन लगत उठाइएको अवस्थामा सांसद लामिछानेसहितको समूहले पार्कभित्र प्रवेश गरी पदीय मर्यादाविपरीत कार्य गरेको बताईएको छ ।

प्रतिक्रिया

One thought on “‘युट्युबर लिएर वन क्षेत्र प्रवेश गरी रवि लामिछानेले संघसंस्था तर्साउने काम गरे’

  1. रवी लामिछाने देशको नागरिकता त्यागेका र परिवारलाई विचल्ली वनाएका समाजमा गलत तरिकाले युटुवर प्रयोग गरि सम्पत्ति कमाउने व्यक्ति हो उसले नेपाली जनताको संमान मा आच आएको हो अपराध धुरी बाट कराउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर