समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दियो यस्तो प्रष्टीकरण – Nepal Press

समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दियो यस्तो प्रष्टीकरण

को उम्मेदवार किन छनौट भएनन् ? यस्तो छ कारण

काठमाडौं । समानुपातिक सांसद चयनमा आन्तरिक असन्तुष्टि बढेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केही प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभातर्फ रास्वपाले समानुपातिकमा १३ सीट पाएको थियो ।

प्रारम्भिक निर्वाचनबाट बन्दसूची तयार गरेपनि वरीयता मिचेर समानुपातिक सांसद छनौट गरिएको भन्दै पार्टीभित्रै विवाद बढेपछि उक्त पार्टीले प्रष्ट्याउन खोजेको हो ।

रास्वपा प्रवक्ता महामन्त्री डा. मुकुल ढकालले एक सूचनामार्फत समानुपातिक उम्मेदवारको छनौट प्रक्रिया तथा आधारबारे जानकारी गराएका छन् । उनले विभिन्न क्लष्टरमा आकांक्षी समानुपातिक उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा रोलक्रममा राख्ने केन्द्रीय समिति बैठकमा छलफल भई बन्दसूची तयार गरी आयोगमा पेश गरिएको बताएका छन् ।

बन्दसूचीमा रहेका केहीले नाम फिर्ता लिएपछि ११० जना पुर्‍याउन पुछारमा केही नाम थपिएको सूचनामा उल्लेख छ । केन्द्रीय सदस्य महेश्वर घिमिरेको प्रतिवेदनमा उल्लेखित नामलाई मंसिर २४ को केन्द्रीय समिति बैठकमा पेश गरिकोमा गरिएकोमा केही उम्मेदवार समेत रहेका केन्द्रीय सदस्यको असहमतिका बीच बहुमतबाट अनुमोदन गरी आयोगमा बुझाइएको पनि रास्वपाले जनाएको छ ।

घिमिरेले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपाले को उम्मेदवार किन छनौट हुन सकेनन् भन्ने केन्द्रीय समितिबाट प्रमाणित विवरण पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

2 thoughts on “समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दियो यस्तो प्रष्टीकरण

  1. अरु पार्टीमा भाग नपाएका कुण्ठितहरु नयाँ पार्टीमा गए भाग पाईन्छ भनेर रास्वपामा छिर्नु, छोटो अवधिमा पार्टी संगठन विस्तार गर्न नपाएर जस्तासुकै व्यक्तिलाई पद बाड्नु , अरु पार्टीबाट वडा सदस्यको टिकट पनि प्राप्त गर्ने हैसियत नभएकाहरुलाई सांसदको आश देखाउनुले पनि यस्तो अवस्था श्रृजना भएको हो । अझै समय छ रास्वपाले सोचेन भने धमिराहरुले सबै सक्नेछन् , यो पार्टीलाई तहशनहश बनाउनेछन् चेतना भया ।

  2. मुलतः यो पार्टीलाई आएको भोट पार्टी अध्यक्ष रवि लामिछाने प्रतिकै बिश्वास र भरोषाले हो । प्रत्यक्ष तर्फ जितेकाले पनि धेर फुंई नलाए हुन्छ । उनीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र हेरेर शहरि भोटरले भोट हालेका हैनन , रवि लामिछानेकै नामले हालेका हुन् । अहिले सबै पढेका र बिद्वान भइ टोपलेका कारण जितेका हौं भन्ने भ्रममा छन् । यस्ता धेरै पढेका अरु पार्टीबाट कति धेरैले हारे – त्यो पनि हेरौं , उदाहरणकै लागि रविन्द्र मिश्र , बाबुरामकी छोरि आदि ।
    पार्टीमा अध्यक्ष प्रति बिश्वास र सम्मान गर्न , अध्यक्षलाई केहि बिशेषाधिकार दिन र पार्टी बैठकमा साधारणतया अध्यक्षको मत निर्णायक भएन भने पार्टी तहस नहस हुन १ बर्ष पनि पर्खिनु पर्दैन ।
    अन लाइन खबरमा रवि लामिछानेले हामी सेन्टर राइट हौं भनेको भोलिपल्टै ग्यालाक्सी टिभीमा शिशिर खनालले आफैं प्रसंग मिलाई बारम्बार मैंले अमेरिकाबाट मास्टर गरेको भन्ने अभिब्यक्ति दिइ हामी सेन्टर लेफ्ट हौं भनेको सुन्दा नै यो पार्टी चलाउन रविलाई निके मुश्किल पर्ने संकेत देखिइसकेको छ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर