रोनाल्डो रोएको देखेपछि वर्षाले लेखिन्, ‘खेल जे होस् तर सधैँ रोनाल्डोकै समर्थनमा हुनेछु’ – Nepal Press

रोनाल्डो रोएको देखेपछि वर्षाले लेखिन्, ‘खेल जे होस् तर सधैँ रोनाल्डोकै समर्थनमा हुनेछु’

काठमाडौं । शनिवार राति सम्पन्न वर्ल्डकपको पोर्चुगल र अफ्रिकी मुलुक मोरक्कोबिचको प्रतिस्पर्धात्मक खेलले सबैलाई स्तब्ध बनाएको छ।

उक्त खेलमा मोरोक्कोले आफ्नो यात्रा सेमिफाइनलमा तय गरेसँगै धेरैले पोर्चुगलप्रति सहानुभूति प्रकट गरेका छन्। थुप्रै कलाकारहरूले पोर्चुगलको हार दुखद भएको अभिव्यक्ति दिइरहेका छन्। सायद रोनाल्डोको यो वर्ल्डकप अन्तिम भएर पनि होला।

पोर्चुगलको हार लगत्तै अभिनेत्री वर्षा सिवाकोटीले पनि आफ्नो सामाजिक सञ्जालमा आफ्ना धारणा व्यक्त गरेकी छिन। मह सिकारको दृश्यावलोकन गर्न लमजुङको भुजुङ गाउँ पुगेकी सिवाकोटीले पोर्चुगिज पेशेवर फुटबलर स्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप फुटबलको यात्रा टुंगिए पनि आफू भने सधैँ रोनाल्डोकै समर्थनमा रहने बताएकी छन्।

हिजो भएको खेलबाट पोर्चुगल बाहिरिएपछि उनले ‘यस्तै हो खेलमा, फरेभर पोर्चुगल र क्रिस्टियानो रोनाल्डो,’ लेख्दै पोर्चुगललाई समर्थन जनाएकी हुन।

रोनाल्डोको लागि यस वर्षको वर्ल्डकप अन्तिम वर्ल्डकप थियो। तर मोरक्कोसँगको पराजयसँगै यसपालिको विश्वकपमा पोर्चुगलको यात्रा हिजै टुंगिएको छ। अन्तिम खेलमा पनि सोचेजस्तो परिणाम नआएपछि रोनाल्डो मैदानमै रोएका थिए। उक्त दृश्यले सबैलाई भावुक बनाएको थियो भने सो दृश्य अहिले विश्वभर भाइरल भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *