गत वर्ष विवादित बनेको मिडिया अवार्डको दोस्रो संस्करणको मिति तय – Nepal Press

गत वर्ष विवादित बनेको मिडिया अवार्डको दोस्रो संस्करणको मिति तय

काठमाडौं । गत वर्ष विवादित बनेको मिडा अवार्डको दोस्रो संस्करणको मिति तय गरिएको छ । ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आगामी १४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले गर्ने भएको हो ।

सक्रिय रूपमा पत्रकारिता गरिरहेकालाई प्रोत्साहन गरिने बताइएको छ । अवार्डमा सहभागी हुन चाहनेलाई आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामग्री पनि मागिएको छ ।

गत वर्ष अधिकांश पत्रकारले बहिष्कार गर्दा अवार्ड समारोहको कन्तबिजोग दृष्य देखिएको थियो । आयोजनाअघि नै विवादमा परेपछि पत्रकार महासंघले सुरेश आचार्य नेतृत्वको छानबिन समिति नै बनायो ।

मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने मासंघमा कुरा उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *