संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल – Nepal Press

संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै तीनै तहका सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘तीन तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यसैले सरकारले आफूलाई समीक्षा गरे अगाडि बढ्नुपर्छ । एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन ।’

संविधानले प्रदान गरेको अधिकार जनताले उपयोग गर्न पाउने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर