प्रतिनिधिसभा तर्फ एमालेले समानुपातिकमा सुदूरपश्चिमलाई विभेद, ३४ मा एक जना पर्दा महिला शून्य – Nepal Press

प्रतिनिधिसभा तर्फ एमालेले समानुपातिकमा सुदूरपश्चिमलाई विभेद, ३४ मा एक जना पर्दा महिला शून्य

कैलाली । नेकपा एमालेले छनोट गरेको ३४ जना मध्ये सुदूरपश्चिम प्रदेशबाट एक जना मात्रै परेका छन् ।

खस आर्यबाट बाजुराका दयाल बहादुर शाही बाहेक अन्य समानुपातिकमा परेनन् । उनलाई पिछडिएको क्षेत्रबाट समेटिएको थियो ।

१२ जना पुरुषहरू छनोट गरिएको थियो त्यसमा शाही समेटिदा २२ जनामा महिलामा सुदूरपश्चिम प्रदेशका कोही पनि परेनन् ।

अघिल्लो पटक २०७४ मा एमालेले ४१ जना समानुपातिक सांसद पाउँदा सुदूरपश्चिम प्रदेशबाट पाँच जना परेका थिए ।

त्यो बेला बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति) , निरुदेवी पाल (खस आर्य ), लक्ष्मीकुमारी चौधरी (थारु ),निरादेवी जैरु (दलित ) र आशाकुमारी विक (दलित ) समानुपातिक तर्फबाट सांसद भएका थिए । तर, अहिले एक जना पनि महिला प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सांसद हुन पाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर