घनश्याम भुसालदेखि प्रभु साहसम्म को-को भए एमालेबाट निष्कासन ? (भिडिओ) – Nepal Press

घनश्याम भुसालदेखि प्रभु साहसम्म को-को भए एमालेबाट निष्कासन ? (भिडिओ)

काठमाडौं । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो ।

प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्यबाट घनश्याम भुसाल र प्रभु साह निष्कासित भएका छन् । दुवै नेताले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् ।

यसै गरी केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन् । यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।

यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त भएका छन् ।

पार्टीको समानुपातिक सूचीमा भएर पार्टी विरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

2 thoughts on “घनश्याम भुसालदेखि प्रभु साहसम्म को-को भए एमालेबाट निष्कासन ? (भिडिओ)

  1. रामविर मानन्धरलाई किन नगरेको ? कि पहिले नै गरेको थियो ? म जित्छु भनेर भन्थे जमानत जफत भएछ ।

  2. मोदीका चम्चाहरूलाई एमालेतिर फर्केर हेर्ने पनि अधिकार छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर