मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति गठन, अध्यक्ष्यमा सनराइज क्यापिटलका विजय लाल श्रेष्ठ
काठमाडौं । मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति गठन भएको छ । संघको १३ औं वार्षिक साधारण सभाको अवसर पारेर संघले नयाँ कार्य समिति गठन गरेको हो ।
नयाँ कार्य समिति चयनका लागि गरिएको निर्वाचनबाट सनराइज क्यापिटलका विजय लाल श्रेष्ठको अध्यक्ष्यमा निवाचित भएका छन् ।
त्यसैगरी, ग्लोबल हाइएमईका पारस मणी ढकाल उपाध्यक्ष्य, एनआइसी एशिया क्यापिटलमा रमेन्द्र रायमाझी महासचिव, नबिल इन्भेष्टमेण्ट बैकंका मनिष नारायण जोशी कोषाध्यक्ष साथै नागरिक लगानी कोषका नारायण प्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटलका नविन बास्कोटा सदस्यमा निर्वाचित भएका छन् भने एनआइबील एस क्यापिटलका मेख बहादुर थापा मानार्थ सदस्यमा निवाचित भएका छन् ।