शम्भु थापाको जिकिर- प्रधानन्यायाधीशलाई संसद्का महासचिवले पत्र दिनु राजद्रोह
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिनुलाई ‘राजद्रोह’ को संज्ञा दिएका छन् ।
संसद्का महासचिव डा. भरतराज गौतमले राणालाई दिएको पत्रका सम्बन्धमा परेको रिटमा बहस गर्दै थापाले यो कार्यबाट संवैधानिक व्यवस्थामा खलल पुग्ने उल्लेख गरे ।
उनले प्रधानन्यायाधीश जबरा र महासचिव गौतमबीच दूषित साँठगाँठ रहेको आरोपसमेत लगाए ।
थापाले भने, ‘उहाँहरूबिच दूषित र जालसाजीपूर्ण मिलेमतो छ । यो राजद्रोह र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’
संवैधानिक इजलासमा रिटमाथिको बहस सकिएको छ । बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई लगायतले इजलासमा बहस गरेका थिए । रिटमाथि केही बेरपछि आदेश आउनेछ ।
नेपालको न्यायालय बिगार्ने यस्तै वकिलहरूले हो ।