नेकपा एसद्वारा कर्णालीको समानुपातिक सांसदमा कल्याणी सिफारिस
नेपाल प्रेस
२०७९ मंसिर २३ गते ९:२१
सुर्खेत । नेकपा एसले कर्णालीमा समानुपातिकतर्फ कल्याणी खड्काको नाम सिफारिस गरेको छ । यस प्रदेशमा नेकपा एसले समानुपातिकतर्फ एक सीट पाएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका निवासी खड्का अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । रुकुमकी पार्टी उपाध्यक्ष समेत रहेकी उनी खस आर्य महिलातर्फ एक नम्बर सूचीमा थिइन् ।
पार्टी उच्च स्रोतका अनुसार उनको नाममा हिजै आयोगमा सिफारिस गरिएको छ । पार्टीमा बरुनाथ योगीलाई समानुपातिक कोटाबाट सांसद बनाउनु पर्ने माग उठेको थियो ।
प्रतिक्रिया