जबरालाई रोक्न बसेका वकिलहरु निस्किए – Nepal Press

जबरालाई रोक्न बसेका वकिलहरु निस्किए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन गेटमा बसेका बारका वकिलहरू आजलाई निस्किएका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा अवरोधका लागि बसेका थिए ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारी गरेसँगै वकिलहरुले राणाको पनुरागमनलाई रोक्न खोजेका थिए ।

उनीहरुले राणाविरुद्धको महाअभियोग निष्क्रिय हुन नसक्ने भन्दै रोक्न खोजेका हुन् ।

 

प्रतिक्रिया

One thought on “जबरालाई रोक्न बसेका वकिलहरु निस्किए

  1. भ्रष्ट मात्र भनेको त यी गुण्डागर्दी मै पनि उत्रिए त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर