संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्रमा के छ ? – Nepal Press

संसद सचिवालयले चोलेन्द्रलाई दिएको पत्रमा के छ ?

सर्वोच्चदेखि शीतल निवाससम्मलाई जानकारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले राणालाई ‘क्लिनचिट’ सहितको पत्र दिएका छन् ।

उक्त पत्रको जानकारी राष्ट्रपतिको कार्यालय, शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद्‍मा दिइएको छ ।

आफूविरुद्धको महाअभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले नियमित कार्यसम्पादन गर्नका लागि सम्बन्धित निकायमा जानकारीको मागसहित राणाले मंगलबार संसद सचिवालयमा निवेदन दिएका थिए ।

गत फागुन १ गते तत्कालीन प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरिएकोमा सो महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाईएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा नयाँ निर्वाचन सम्पन्न भएकाले जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको संसद सचिवालयको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर