चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, संसदका महासचिवले ‘क्लीन चिट’ दिएपछि आजै अदालत जाँदै
नेपाल प्रेस
२०७९ मंसिर २१ गते १२:०२
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै राणाले संसदको पत्र आफूले पाएको बताए । महाअभियोग निष्क्रिय भएसँगै आजै आफू अदालतमा हाजिर हुने समेत उनले जानकारी दिए ।
चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।
प्रतिक्रिया