बालुवाटार जानुअघि प्रचण्ड-माधवबीच भेट, सीके राउत पनि मिसिए – Nepal Press

बालुवाटार जानुअघि प्रचण्ड-माधवबीच भेट, सीके राउत पनि मिसिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। बालुवाटार सत्ता गठबन्धनको बैठकमा जानुअघि प्रचण्ड अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए।

उनीहरूबिच आगामी सरकार गठन, पार्टी एकता लगायतको विषयमा छलफल गरेको स्रोतको बतायो।

प्रचण्डसँग वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि नेपाल निवास पुगेका थिए। त्यही भेटमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि मिसिन पुगेको थिए।

प्रचण्डले त्यसअघि गृहमन्त्री बालकृष्ण खाण, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव रघुवीर महासेठसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

One thought on “बालुवाटार जानुअघि प्रचण्ड-माधवबीच भेट, सीके राउत पनि मिसिए

  1. दुई देश लुटेराहरूको लाईनमा नयँ लुटेरा थपियो । देशले दुख पाउने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर