स्याङ्जा २ मा धनराज गुरुङ विजयी, २ हजार मत गन्न बाँकी रहँदा ५ हजारको अग्रता
नेपाल प्रेस
२०७९ मंसिर १७ गते १९:४७
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना नसकिँदै कांग्रेस सभापति धनराज गुरुङ विजयी भएका छन् ।
७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा धनराजले पाँच हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।
२ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ ।
गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् ।
प्रदेश २ मा पनि कांग्रेसकै महेश भट्टराईको जित निश्चित भएको छ ।
प्रतिक्रिया
धाँधली र गुण्डागर्दी गरेर जितेको हो । निर्वाचन आयोग पनि निरिह देखियो । यस्ता गुण्डागर्दी गर्नेलाई साँसद मानिदैन ।