नयाँ पुस्ता चाहियो भन्दै माइतीघरमा प्रदर्शन, डा.अनुप सुवेदी भन्छन्- गगनको लागिमात्र होइन (भिडिओ) – Nepal Press

नयाँ पुस्ता चाहियो भन्दै माइतीघरमा प्रदर्शन, डा.अनुप सुवेदी भन्छन्- गगनको लागिमात्र होइन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व दावी गरेर आन्तरिक र बाह्य दबाब सिर्जना गरिरहेका बेला शनिबार माइतीघर मण्डलामा अनौठो प्रदर्शन भयो । विरोध प्रदर्शनस्थलका रुपमा चर्चित माइतीघर मण्डलामा तीनजना मात्र प्रदर्शनकारी थिए ।

अरु सहभागी आउँदै होलान् भनेर प्रहरी पनि पर्खिरहेका थिए । तर धेरै बेरसम्म तीनजनामात्र छातीमा प्लेकार्ड टाँसेर उभिए । प्रदर्शनकारीको नेतृत्व गरेका थिए डा.अनुप सुवेदीले ।

कोभिडको बेला निकै चर्चामा आएका डा.सुवेदी कांग्रेसमा गगन थापाले प्रधानमन्त्री पाउनुपर्छ भन्दै दबाबका लागि सामाजिक सञ्जालमा पनि सक्रिय छन् । उनले सामाजिक सञ्जालबाटै शनिवार माइतीघरमा भेटौं भनेको भरमा दुई जनाले उनलाई साथ दिए ।

सुवेदीले ‘निर्वाचनको निचोड,शीर्ष नेता बाटो छोड’ लेखिएको प्लेकार्ड भिरेका थिए । अरु दुईले फरक नारा लेखेका प्लेकार्ड भिरेका थिए,जुन तस्विरमा देख्न सक्नुहुन्छ । प्रदर्शनकारीमध्येका सन्तोष अधिकारीले आफू अनुप सुवेदीले सामाजिक सजालबाट परिवर्तनको पक्षमा आह्वान गरेको देखेर प्रदर्शनमा सहभागी हुन आएको बताए ।

स्वतन्त्र नागरिकका रुपमा आफू सडकमा आएको भन्दै डा.सुवेदीले गगन थापा एकजना व्यक्तिको पक्षमा भन्दा पनि नयाँ नेतृत्व र परिवर्तन तथा स्थायित्वको पक्षमा भएको बताए । उनले जोसुकै आए पनि नयाँ पुस्ता आउनुपर्ने बताए ।

प्रतिक्रिया

One thought on “नयाँ पुस्ता चाहियो भन्दै माइतीघरमा प्रदर्शन, डा.अनुप सुवेदी भन्छन्- गगनको लागिमात्र होइन (भिडिओ)

  1. मान्छे विचारले युवा हुने हो कि ? त्यसैले युवा , वृद्ध वा चौरासी पुजा लगाउन ठिक्क परेको व्यक्ति होस् सक्षम, देश बनाउने भिजन भएको व्यक्ति जो मिडियामा स्टन्ट गर्न रुचाउदैन त्यस्तो व्यक्तिलाई साथ दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर