दोलखा अपडेट- प्रतिनिधि सभातर्फ गठबन्धन र एमालेका उम्मेदवारको यस्तो छ मतान्तर
नेपाल प्रेस
२०७९ मंसिर १६ गते १८:२२
काठमाडौं । दोलखाको मतगणना जारी रहँदा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ ।
गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको वडा नं १ र ९ सहित १० वटा वडाको मतगणना सकिँदा कार्कीले ५ हजार ४३४ मत पाएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीले ३ हजार ८८९ मत पाएका छन् । उनीहरूबिचको मतान्तर १५ सय ४५ रहेको छ ।
गौरीशंकर गंगा कार्कीको गाउँपालिका हो भने मतगणना भइरहेको कालिञ्चोक एमाले उम्मेदवार शिवाकोटीको गाउँपालिका हो ।
कालिन्चोक १ मो बुथ गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । यहाँ भने पुनः मतदान भएन ।
प्रतिक्रिया