श्रीलंकाविरुद्ध अफगान ब्याटर इब्राहिमको १६२ रनको पाली
कोलम्बो । श्रीलंकाविरुद्ध जारी तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत तेस्रो खेलमा अफगानिस्तानका ब्याटर इब्राहिम जद्रानले १६२ रनको शानदार पाली खेलेका छन् ।
प्रारम्भिक ब्याटर जद्रानको सतकीय योगदानपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३ सय १४ रनको लक्ष्य दिएको छ । इब्राहिमले एक सय ३८ बलमा ४ छक्का र १५ चौका प्रहार गरे। केवल ८ औँ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका इब्राहिमले यसअघि २ सतक बनाइसकेका छन् ।
उनले समग्रमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय सतक बनाएका छन् । २० वर्षीय जद्रानले सन् २०१९ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।