सुनसरी ४ मा कडा टक्कर : सञ्चारमन्त्री कार्कीसँग एमालेका जगदीशको मतान्तर ५८ मात्र
नेपाल प्रेस
२०७९ मंसिर १४ गते १५:०३
विराटनगर । सुनसरी ४ को मतगणना रोचक भएको छ । गणना अन्तिमतिर आइपुग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्रीमात्र ५८ मतले अगाडि छन् ।
एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले कार्कीलाई भेट्न लागेका छन् । कुसियैतले ३६५ को मतान्तरलाई झारेर ५८ मा ल्याएका हुन् ।
२८ वटा वडाको मत गणना भई सुनसीको बराह ११ र भोक्राह ७ को मतगणना जारी रहँदा कार्कीले २७ हजार ४४० मत पाएका छन् ।
कुसियैतले भने २७ हजार ३८२ मत पाएका छन् ।
अब करिब ५ हजार मत गन्न बाँकी छ ।
प्रतिक्रिया