करिब एक दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही (सूचीसहित) – Nepal Press

करिब एक दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । राष्ट्र बैंकको कारवाहीमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका छन् ।

पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । कारबाही स्वरुप बैंक अफ काठमाडौबाट २ करोड ११ लाख रुपैयाँ असुल गरिएको छ । कृषि विकास बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना गरेको छ ।

प्रभु बैंक, कुमारी बैंक, प्राइम कर्मसियल बैकको सिइओलाई नियम उल्लंघन गरेको भन्दै केन्द्रिय बैंकले सचेत गराएको छ । हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमइ बैंक, मेगाबैकले भने ऋणीलाई नियमविपरित प्रिमियमदर बढाएको भन्दै सो बैंकका सिइओलाई पनि केन्द्रीय बैंकले सचेत गराएको छ ।

केही बैंकले रोक्का राखेको खाताबाट पनि कारोबार गरेको पाइएको केन्द्रीय बैंकले भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *