सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्दै – Nepal Press

सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्दै

विराटनगर । सुनसरी ४ मा मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकको तयारी भएको छ । निर्वाचन आयोगले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुन मतगणनाका लागि दिएको निवेदन खारेजी गरेपछि दुई दिनबाट रोकिएको गणना सुरु हुन लागेको हो ।

बिहान ८ बजेका लागि गणना शुरु गर्ने विषयमा सर्वदलीय बैठक बोलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

निर्वाचन आयोगले कार्कीको निवेदनका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ दुवैको दफा ५७ को उपदफा १ बमोजिम मतपत्रहरु सिलबन्दी भइसकेको भए उक्त सिलबन्दी मतपत्रहरु खोलि पुनः मतगणना गर्न सक्ने कानूनी आधार नदेखिएको भन्दै मतगणना सुचारु गर्न निर्देशन दिएको छ ।

पत्रा सोही एेनकाे दफाको उपदफा (३) बमोजिमको सूचना दिई मतगणना कार्य सुचारु गर्न गराउन तथा मतगणनास्थलमा सीसीटिभी रहेको भए सोको फुटेज समेत सुरक्षित राखी सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर