सुनसरी ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन – Nepal Press

सुनसरी ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

विराटनगर । सुनसरी ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ । मतगणना सुचारु गर्न भन्दै आयोगले पत्र पठाएको सुनसरीका मुख्य निर्वाचन अधिकारी अर्जुन अधिकारीले नेपाल प्रेसलाई बताए ।

सुनसरी ४ मा मतगणनामा धाँधली भएको भन्दै कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः गणनाको माग राखेपछि ४८ घण्टादेखि यहाँ गणना रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर