समानुपातिक मतमा नेकपा एसलाई सिके राउतकाे जनमतले उछिन्याे – Nepal Press

समानुपातिक मतमा नेकपा एसलाई सिके राउतकाे जनमतले उछिन्याे

कांग्रेसभन्दा एमाले सवा लाख मतले अगाडि

काठमाडौं । समानुपातिक मतमा एमालेले कांग्रेसलाई सवा लाख मतले उछिन्दा,नेकपा एसलाई सीके राउतको जनमत पार्टीले उछिनेको छ ।

९० लाख मत गनिसक्दा नेकपा एसले २ लाख ४१ हजार १६ मत पाउँदा जनमत पार्टीले २ लाख ४२ हजार ८१९ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार एमालेले २४ लाख ५९ हजार १८८ मत प्राप्त गरेको छ भने काँग्रेसले २३ लाख ४१ हजार ९१५ मत प्राप्त गरेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले १० लाख २९ हजार २८७ मत प्राप्त गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १३ हजार २६४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३३ हजार ६४२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपालले भने ३ लाख ८ हजार ६७० मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर