बीमा प्राधिकरणले छान्यो सातवटा लघुबीमा, कसकसले पाए लाइसेन्स ? – Nepal Press

बीमा प्राधिकरणले छान्यो सातवटा लघुबीमा, कसकसले पाए लाइसेन्स ?

काठमाडौं । बीमा प्राधिकरणले लाइसेन्स पाउने सातवटा लघुबीमा कम्पनीको नाम सार्वजनिक गरेको छ । लाइसेन्स पाउनेमा लघु जीवन बीमातर्फ गार्डियन लघु जीवन बिमा (विरनगर प्रदेश १), क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स (बिरेन्द्रनगर कर्णाली प्रदेश), लिवर्टी माइक्रोलाइफ इन्सुरेन्स (गण्डकी प्रदेश) लाई लाइसेन्स दिने निर्णय प्राधिकरणले गरेको छ ।

यता नीर्जीवन लघुबीमातर्फ भने ट्रष्ट माइक्रो इन्स्योरेन्स (लुम्बिनी प्रदेश), नेपाल माइक्रो इन्स्योरेन्स (वागमती प्रदेश), स्टार माइक्रो इन्सुरेन्स (मधेस प्रदेश) र प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स (सुदुरपश्चिम प्रदेश) ले लाइसेन्स पाएका छन् ।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको थियो । चुनावअघि नै लाइसेन्स दिन लागेको प्राधिकरणलाई निर्वाचन आयोगले लाइसेन्सको सबै प्रक्रिया रोक्न निर्देशन दिएपछि रोकिएको थियो । निर्वाचन सकिएलगतै मतगणना चलिरहँदा प्राधिकरणले लाइसेन्स बाडेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *