मौद्रिक नीतिको समीक्षाका लागि आजै बैठक बस्ने राष्ट्र बैंकको तयारी – Nepal Press

मौद्रिक नीतिको समीक्षाका लागि आजै बैठक बस्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको (२०७९/८०) मौद्रिक नीति समीक्षा आजै सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

समीक्षा सार्वजनिक गर्नुअघि राष्ट्र बैंक बोर्ड बैठकबाट पारित गराउनुपर्ने भएकाले आजै बोर्ड बैठक बसेर पारित गराएर सार्वजनिक गर्ने तयारी रहेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

उनका अनुसार साँझ बोर्ड बैठक बस्नेछ । अहिलेको मौद्रिक नीति समीक्षालाई विशेष चासोका साथ हेरिएको छ । बढिरहेको ब्याजदर यहि समीक्षामार्फत घटाउन सक्ने गरी केन्द्रीय बैंकले नीति लिनसक्ने आंकलन गरिएको छ ।

पछिल्लो समय ब्याजदरलाई लिएर भएको बजार असन्तुष्टि सडकसम्मै पोखिएको थियो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरूले मासिक रूपमा निक्षेपको ब्याजदर बढाउदा अघिल्लो महिनाको लागि दिइएको औसत ब्याजदरमा १० प्रतिशत विन्दुले बढाउन पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *